नेपालको हारपछि प्रशिक्षक अलमुलाइरीले समर्थकसँग मागे माफी

No Images Found

काठमाडौं : शनिबार भएको इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ को फराकिलो अन्तरले हारेको छ । हारपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुलाइरीले समर्थकसँग समाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका छन् ।

उनले पोस्ट गरेका छन् ‘इराकविरुद्ध हारको जिम्मेवारी म लिन्छु, कृपया खेलाडीलाई दोष नदिनु होला । राम्रो नतिजा दिन नसकेकोमा म नेपाली समर्थकसँग माफी माग्न हान्छु।’

हामी २–१ ले अगाडि रहेको अवस्थामा यस्तो मौका आएको थियो जसले हामीलाई ३–१ को अग्रता दिलाउन सक्थ्यो र हामीले जित हात पार्न पनि सक्थ्यौ । खेलमा धेरै गल्ती भयोे । मौसम र मैदानका कारण यस्तो भएको हुनसक्छ ।

‘खेलाडीले राम्रो गरेका हुन् । टिमले राम्रो नतिजा निकाल्न केही समय लाग्छ । अब केहि धैर्य गरेर खेलाडीलाई विश्वास गर्नुपर्छ । प्रतिक्षा गर्नुहोस् सबै कुरा राम्रो हुनेछ’ अल्मुलाइरीले भनेका छन् ।