सुनचाँदीको मूल्य वद्धि, तोलाको कति ?

No Images Found

काठमाडौं : साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार ९४ हजार रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको भाउ पनि सामान्य बृद्धि भएको छ । शुक्रबार एक हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३५५ रुपैयाँमा कारोबार गर्न सकिने महासंघले जनाएको छ ।