नेप्सेमा ४५ अंकको गिरावट, झण्डै १४ अर्बको सेयर कारोबार

No Images Found

काटमाडौं : सोमबार नेप्से सूचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा झरेको छ ।

२१८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता सेयर कारोबार हुदा आज १३ अर्ब ९० करोड ९१ लाख बराबरको सेयर कारोबार भएको हो ।

खरिदबिक्री रकममा राधी हाइड्रोपावरले ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेर अगाडी परेको छ । दोस्रोमा लुम्बिनी विकास बैंक र तेस्रोमा एचआइडीसीएल परेका छन ।

३ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहमा गिरावट आएको छ । आज म्यूचुअल फण्ड बाहेक सबै समुहमा गिरावट आएको छ ।