भा’रतमा नयाँ कोरोना सं’क्रमितको संख्या घट्दै

No Images Found

एजेन्सी : भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमित हुनेको संख्यामा कम हुदैँ आएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ७३४ जना मात्र नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा कोरोना बाट तीन हजार १२८ जनाकोमृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमितको संख्या कम हुँदै गए पनि मृत्यु हुनेको संख्या भने लगभग स्थिर जस्तै छ।

अहिले भारतमा २० लाख २६ हजार भन्दा धेरै संक्रिय संक्रमित छन्। कुल संक्रमितको संख्या दुई करोड ८० लाख पुगेको छ भने कोरोना बाट मृत्यु हुनेको कुल संख्या तीन लाख २९ हजार भन्दा धेरै पुगेको छ।

भारतमा अहिलेसम्म २१ करोड ३१ लाख भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको लगाएका छन्।