लुम्बिनी प्रदेश उपनिर्वाचनमा संक्रमित २७ जन’प्रतिनिधिले गरे म’तदान

No Images Found

बुटवल : लुम्बिनी प्रदेशको रिक्त रहेको एक सिटका लागि सोमबार भएको उपनिर्वाचनमा २७ जना कोरोना संक्रमित जनप्रतिनिधिले मतदान गरेका छन् ।

मतदानमा कोरोना संक्रमितका लागि छुट्टै मतदान केन्द्र तय गरिएको थियो ।

जसमा प्रदेशका ३ र स्थानीय तर्फका २४ संक्रमित जनप्रतिनिधिले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

यस्तै मतदानमा ३ सय मतदातामध्ये कुल २९७ मत खसेको छ । जसमा स्थानीय तह तर्फका ३ जनप्रतिनिधि विभिन्न कारणल सहभागी भएनन् ।