आज पनि ओ’रालो लाग्यो सेयरको परिसूचक, घट्यो कारोबार र’कम पनि

No Images Found

काठमाडौं : मंगलबार पनि सेयर बजारको परिसूचक नेप्से ११ अंकले घटेको छ। ११.६८ अंकको गिरावटसँगै परिसूचक २७७१ अंकमा झरेको छ। यसअघि हिजो ४५ अंक घटेको थियो।

आज कारोबार रकम पनि घटेको छ। हिजो १३ अर्ब ९० करोडको कारोबार भएकोमा आज जम्मा ८ अर्ब ५९ करोड रुपैयाँको मात्र किनबेच भयो।

आज बैंकिङ ११, ब्यापार ९३, होटल तथा पर्यटन ९१, जलविद्युत २८, निर्जीवन बीमा १२३, उत्पादन ३९, माइक्रोफाइनान्स १७ र जीवन बीमा १७६ अंकले घटेको छन्।

विकास बैंक २१, फाइनान्स १ र अन्य १४ अंकले बढ्यो। कालिका पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो। कम्पनीको मूल्य प्रतिकित्ता ४५१ रुपैयाँ कायम भएको छ। लुम्बिनी विकास बैंकको मूल्य ८ प्रतिशतले बढ्यो।

दिव्यश्वरी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ। नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५७ करोड रुपैयाँ बराबरको कारोबार भयो। लुम्विनी विकास बैंकको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।