दुर्घटनामा परि मोटो राइडर जेसनको नि’धन

No Images Found

एजेन्सी : स्विट्जरल्यान्डका १९ वर्षीय मोटो राइडर जेसन डुपास्क्वियरको दुर्घटनामा परि निधन भएको छ ।

शनिबार इटालियन ग्रां प्रीको क्वालिफाइङ मोटरसाइकल रेसमा उनी घाइते भएका थिए । उनको मोटरसाइकल असन्तुलित भएर लडेको थियो । यसपछि अर्को रेसरको मोटरसाइकलले जोडसँग उनलाई हिर्काएको थियो ।

करिब ४० मिनेटसम्म त्यही उपचार गरेर उनलाई हेलिकोप्टरमार्फत् अस्पताल लगिएको थियो । तर, त्यहाँ शल्यक्रिया भए पनि उनको ज्यान बचेन ।

जेसनको उपचारमा खटेका डाक्टरले बताएअनुसार उनलाई गम्भीर मष्तिष्कघात भएको थियो । धेरै कोसिसका बावजुद उनलाई बचाउन नसकेको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् । उनको छातीको पनि शल्यक्रिया गरिएको थियो ।

सोही दुर्घटनामा दुई जना रेसर जापानका अयुमु सासाकी र स्पेनका जेरेमी अल्कोबा लडेका थिए । हाल उनीहरू दुवै जना सुरक्षित छन् ।