प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

No Images Found

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बैठक बस्ने नेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।

‘सबै जना जम्मा भइसक्यौँ, अब बैठक बस्छ’ नेता नेम्वाङले भने । बैठकमा अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप छलफल हुनेछ । यस्तै कोभिड सङ्क्रमणको विषय तथा आउँदो रणनीतिको विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

स्थायी कमिटी बैठकअघि एमालेका दोस्रो तहका नेताले सहमतिको प्रयास स्वरुप छलफल गरेका थिए । यसअघि आइतवार बेलुका ५ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।