रसुवागढी नाकाबाट अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामाग्री भित्रियो

No Images Found

काठमाडौं : मंगलबार रसुवागढी नाकाबाट १ हजार ५ सय वटा अक्सिजन सिलिन्डरको भित्रिएको छ । चीन सरकारले अनुदानमा दिएकामध्ये १ हजार ५ सय वटा सिलिन्डर नेपाल भित्रिएको हो ।

गत ७ गते बेइजिङबाट हिँडेका चिनियाँ गाडी आज नेपाल भित्रिएका हुन् । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चार वटा चिनियाँ गाडीले अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क ल्याएका छन् । ५ लाख २७ हजार ५ सय थान एन नाइन्टी फाइभ मास्क आयात भएको कार्यालयले जनाएको छ ।

चीनबाट आएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बुझेका छन् । यी सामग्री आज नै स्वास्थ्य मन्त्रालयमा पठाइनेछ । रसुवागढी नाका हुँदै अन्य सामग्री पनि चिनियाँ गाडीले नै ल्याउने गरेका छन् । केही हप्ता अघिदेखि दैनिक ८ वटा चिनियाँ गाडीले सामान आयात गरिरहेका छन् ।