संवैधानिक इजलासबाट न्यायाधीश कार्की र भट्टराई अलग

No Images Found

काठमाडौं : संसद विघटन सम्बन्धी रीटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग भएको बताएका छन् ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासबाट अलग हुन अस्वीकार गरेपछि असहमति राख्दै उनीहरुले मंगलबारको इजलासमा नै आफूहरु यसमा असहमत भएको भन्दै इजलासमा बस्न अस्वीकार गरेका हुन् । उनीहरु अहिले इजलासबाट बाहिरिएका छन् ।