६ हजार ८५ संक्रमित थपिए,थप ६८ जनाको मृत्यु

No Images Found

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २० हजार १६५ वटा नमुनाको परीक्षण गरिएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६८ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख चार हजार ७८९ रहेको छ भने मृत्यु हुनेको संख्या सात हजार ४५४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८९८ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।