अशक्त बालिकालाई करणी गरेको आरोपमा ६७ वर्षीया वृद्ध पक्राउ

No Images Found

इटहरी : प्रहरीले अपांगता भएकी नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ३ का ६७ वर्षीया भगिराज दमाईलाई रहेका छन् ।

मानसिक अशक्त रहेकी हिंड्न र बोल्न समेत नसक्ने बालिकालाई करणी गरेको आरोपमा बुधबार दमाईलाई पक्राउ गरिएको हो । दमाईले सोमबार साँझ बालिकाको कोठामा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कटुवालका अनुसार प्रहरीले खोजी गर्दा बुधबार इटहरीस्थित धरधरेमा लुकिरहेको अवस्थामा दमाईलाई पक्राउ गरिएको हो । स्थानीयले देखेपछि दमाई भागेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि बुधबार सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

पीडित बालिकाका बुवाको मृत्यु भएको छ भने आमाले समेत अर्को विवाह गरेपछि आफन्तको घरमा बस्दै आएकी थिइन् ।