चौधरी ग्रुपको उद्योग ग्राममा भएको आगलागी अझै नियन्त्रण बाहिर

No Images Found

नवलपुर: पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर र चाउचाउ उत्पादन प्लान्टमा आगलागी भएको हो ।

बिहानैदेखि लागेको अझै नियन्त्रणमा आईनसकेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी र मजदुर आगो नियन्त्रणका लागि दमकल परिचालन गरेर खटिएका छन् ।

चार वटा दमकल परिचालन गरिएको छ । आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख एसपी प्रकाश मल्लले बताएका छन् । कार्टुन गोदामबाट सल्किएको आगोले मुख्य भवनमा समेत जलाउन शुरु गरेको छ ।