ट्याक्टर दु’र्घटनामा परि एक जनाको मृत्यु

No Images Found

काठमाडौं : खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सुनकोसी किनारमा बालुवा लिन जाँदै गरेको ना ६ छ १९१० नम्बरको ट्याक्टर लैकुखोला नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका रोशन राउतको मृत्यु भएको वडासदस्य खेमराज कार्कीले जानकारी दिएका छन् । वडा कार्यालय धितुङको निर्माणाधीन भवनका लागि बालुवा लिन जाने क्रममा ट्याक्टर दुर्घटना भएको र चालक राउतको ज्यान गएको कार्कीले बताएका छन् ।