बारामा दुई मोटरसाइकल ठो’ किएर दुर्घटना हुँदा एक’जनाको मृत्यु

No Images Found

काठमाडौं : बारा पचरौता नगरपालिका-३ बस्ने २६ वर्षीय प्रदीप साह कलवारको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । कलैया अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार साँझ ५ बजे सिम्रौनगढ नगरपालिका- ९ बसवरियास्थित सिम्रौनगढ-कचोर्वा जाने नहरमा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

कचोर्वा तर्फ जाँदै गरेको बीआर०५एएल ७०८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर०५वाई ५५७८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।

मृतक चालकको टाउको तथा चिउडोमा चोट लागेको थियो । बेहास भई गम्भीर अवस्थामा उनलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको थियो ।

त्यस्तै अर्काे मोटरसाईकलका चालक भारतको मोतिहारी जिल्ला झरौखर थाना बिजवनी ग्राम पञ्चायत वडा नं।९ अठमुहान बस्ने २३ वर्षीय रामपुकार महतो नुनियाको टाउको र हातमा चोट लागेको छ । उनको सिम्रौनगढकै कंकाली पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।