हल गोरु मा’रेको आरोपमा ३ जना प’क्राउ

No Images Found

गुल्मी : गोरु मारेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्वर–२ , पाटा खर्कमा स्थानीय युवराज बोहराको गोठमा बाँधिएका एक हल गोरु घनले हानेर मारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पाटाखर्क कै १९ वर्षीय लोकेन्द्र बोहरा र नाम गोप्य राखिएका दुई बालकसहित ३ जना रहेका छन् ।

जेठ १६ गते घनले हानेर गोरु मारी पेट चिरेर पित्त झिकेको आरोपमा दुई बालकसहित ३ जनालाई पक्राउ गरि ल्याउँदै गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भैरहेको उनले बताएका छन् ।