२४ घण्टामा ७,२१९ जना डिस्चार्ज, ५,३१६ नयाँ संक्रमित थपिए

No Images Found

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ५,३१६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८०५ नमुना पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । संक्रमण दर ३२.७ प्रतिशत पुगेको छ ।

बुधबार १०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७,२१९ जना डिस्चार्ज भएका छन् । निको हुने दर ८०.८ प्रतिशत छ ।

सक्रिय संक्रमित संख्या १ लाख १ हजार ९९३ पुगेको छ । काठमाडौं उपत्यकामा बुधबार १,४५६ जना संक्रमित थपिएका छन् ।