आफ्नै दाईको ढुंगा प्रहारबाट एक युवाको मृत्यु

No Images Found

सुर्खेत : सुर्खेतमा ढुंगा प्रहारबाट एकजनाको मृत्यु भएको छ । लेकबेशी नगरपालिका–२ साँझे बस्ने ३१ वर्षीय बम बहादुर ठाडामगरको आफ्नै दाइले ढुंगा प्रहार गरेर बुधबार दिउँसो मृत्यु भएको हो ।

घरायसी बिषयमा विवाद हुदाँ दाइ ३४ वर्षीय टोप बहादुर ठाडामगरले टाउकोमा ढुंगाले प्रहार गर्दा गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङहोम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लेकबेशी र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोप बहादुरलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।