कोरोना जितेर घर फर्कंदै गर्दा दुर्घटनामा परेर बाटैमा मृत्यु

No Images Found

काठमाडौं : सर्लाहीका एक व्यक्तिको कोरोना जितेर घर फर्कंदै गर्दा दुर्घटनामा परेर बाटैमा मृत्यु भएको छ ।

१४ दिन उपचार गराउदा संक्रमणमक्त भएर घर फर्कने क्रममा बागमती–४ सर्लाही घर भएका जितबहादुर थिङको दुर्घटनामा परेर मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११ नवलपुरमा बिहीबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा ६६ वर्षका थिङको मृत्यु भएको हो ।

बिहीबार बिहान साढे चार बजेको समयमा बागमती प्रदेश ०१–००२५ च ३६३८ नम्बरको एम्बुलेन्स र ना६ख ४३८० नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार अन्य दुईजना पनि घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।