धनुषामा कटुवा पेस्तोलसहित दुईजना प’ क्राउ

No Images Found

काठमाडौं : प्रहरीले धनुषामा एकथान कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।

धनुषाको विदेह नगरपालिका–६, तिनकोरिया चोकनजिक मैनाथपुर सडकबाट सहिदनगर नगरपालिका–३ बस्ने २५ वर्षीय उतिमलाल पासवान र सहिदनगर–२ बस्ने १९ वर्षीय निपुल यादवलाई पक्राउ गरेको हो ।

मैनाथपुरबाट यदुकुहातर्फ जाँदै गरेको ज१०प ८६३५ नम्बरको मोटरसाइकललाई प्रहरीचौकी गिद्दा, धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उतिमलालको साथबाट उक्त पेस्तोल फेला पारी मोटरसाइकल चालक निपुलसमेतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।