निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज कति पुग्यो?

No Images Found

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । बिहीबार सुनको मूल्य करिब९५ हजार नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको मूल्य समेत ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने बुधबारको मूल्यमा थप १५ रुपैयाँले वृद्धि हुँदै बिहीबार एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।