किरियापुत्री बसेका दम्पतीको आगलागीमा परेर मृत्यु

No Images Found

काठमाडौं : आगलागीमा परेर सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ ।

गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको हो ।

सात दिनअघि बितेका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष नेत्रप्रसाद दाहालले बताएका छन् ।

आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटनास्थलमै मृत्यु भएको दाहालले जानाएका छन् ।