देउवाले बाइडनलाई दिए ‘धन्यवाद!’

No Images Found

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडनलाई धन्यवाद दिएका छन। अमेरिकाले नेपाललाई कोरोना खोप दिने निर्णय गरेकोमा देउवाले धन्यवाद दिएका हुन् ।

सामाजिक संजाल ट्वीटरमार्फत देउवाले यो महत्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास आफूले लिएको समेत बताएका छन्।

अमेरिकाले बिहीबार नेपाललगायत विश्वका विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेको छ । नेपालले कति खोप पाउँछ भन्ने यकिन भने भएको छैन।