‘द भ्वाइस अफ नेपाल’ आजबाट पुनः प्रसारणमा आउने

No Images Found

काठमाडौं : रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को प्रसारणलाई आजबाट निरन्तरता दिइने भएको छ । दुई सातासम्म रोकिएको शो आजबाट प्रसारण हुने द भ्वाइस अफ नेपालको अफिसियल पेजमा बताइएको हो ।

पेजमा लेखिएको छ, ‘आजबाट हामीहरू नक आउटका नयाँ शृङ्खलाहरू लिएर आउँदैछौँ । महागुरू कोच दीपको स्वस्थमा क्रमिक सुधार आइरहेको हुँदा यो साता र अर्को साता, शुक्रबारमात्र नकआउटको नयाँ शृङ्खला प्रसारण हुनेछ । त्यसपछि शुक्रबार र शनिबारको नियमित प्रसारणमा आउनेछौँ ।’

कोरोना सङ्क्रमण दर तिब्र भएकाले नयाँ भागहरू छायांकन गर्न नसकिएका कारण प्रसारण रोकिएको टिमले जनाएको थियो । शोका कोच तथा केही प्रतिस्पर्धीहरूलाई कोरोना सङ्क्रमण भएपछि शो अझ प्रभावित भएको थियो ।

प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भइसकेका छन् भने दीप श्रेष्ठ अस्पतालमा उपचाररत छन् ।