सांसदबाट निस्कासित भएपछि सर्वोच्चमा पुगे थापा

No Images Found

काठमाडौं : राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा शुक्रबार सर्वोच्च अदालतमा पुगेका छन्। आफूलाई प्रक्रिया नपुर्‍याई सांसदबाट हटाएको विरोधमा उनी सर्वोच्च अदालत पुगेका हुन्।

पार्टीले असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै थापाले सर्वोच्चमा रिट दर्ता गरेका छन्। उनलाई बिहीबार जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएको थियो। यस रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले बताएका छन् ।

थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङकै निरन्तरता चाहेका थिए। तर उनको दल जनमोर्चाले नेपाली कांग्रेसलगायत विपक्षी दलसँग गठबन्धन गरी कांग्रेस नेतृत्वमा गण्डकीमा सरकार बनाउन चाहेको थियो।

थापाले पार्टी निर्णयअनुसार नयाँ सरकार बनाउन हस्ताक्षर गरेका थिएनन्। त्यहीकारण उनलाई सांसद र पार्टी सदस्यबाट नै जनमोर्चाले निकालेको थियो।