सुनचाँदीको भाउमा भारी गि’ रावट

No Images Found

काठमाडौं : साताको अन्तिम दिन सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । सुनको भाउ एकैदिन तोलामा पन्ध्र सय र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९३ हजार चार सय रुपैयाँ तोकेको छ । सुनको भाउ हिजो तोलाको ९४ हजार नौ सय रुपैयाँ रहेको थियो ।

हिजो तोलामा चार सय रुपैयाँ बढेर ९४ हजार नौ सय पुगेको भाउ आज एकैदिन पन्ध्र सय रुपैयाँले घटेको हो ।

यस्तै, चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ४० रुपैयाँ तोकिएको छ । चाँदी हिजो तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।