८६३३ जना कोरोना संक्रमणमुक्तः ६६५३ जनामा संक्रमण पुष्टि, १०१ को मृत्यु

No Images Found

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न ९३ वटा प्रयोगशालामा गरिएको २० हजार ८ सय १३ परीक्षण मध्ये १४ हजार १८२ जनाको पिसिआर परीक्षणबाट ४६२४ जना र ६६३१ एन्टीजेटमार्फत २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमिको संख्या देशभर ९७ हजार ६ सय ९९ जना रहेको छ।

आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्। यो सँगै संक्रमणमुक्त हुनेको संख्या ४७६१३० रहेको छ ।