औषधि व्यवसायीमाथि गो’ली प्र’हार

No Images Found

काठमाडौं : सिरहामा एक औषधि व्यवसायीमाथि गोली प्रहार हुदाँ व्यवसायी घाइते भएका छन्।

मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफीमाथि शनिबार राति अज्ञात समूहले गोली प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोली प्रहारबाट घाइते भएका साफीको घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। पसलमा बसिरहेको अवस्थामा शनिबार राति करिब ८ बजे अज्ञात समूहले साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

घाइते सफीको स्थानीय अस्पतालमा उपचार जारी छ।