ट्याक्टर दुर्घटनामा परि गोरखामा एक युवकको मृत्यु

No Images Found

गोरखा : गोरखाको पालुङटारस्थित बिर्दीबजार नजिकै ट्याक्टर दुर्घटनामा परि एक युवकको भएको छ । धादिङको दार्खा घर भएका २० वर्षका याकुब तामाङको मृत्यु भएको हो ।

ग १ त ४२७८ नम्बरको ट्याक्टर गएराति पौने १० बजेतिर सडकबाट १० मिटर तल खस्दा उनको घटनास्थलमै ज्यान गएको डीएसपी प्रकाश दाहालले बताएका छन् ।

मृतकको शव घटनास्थलमै छ । उनका आफन्त धादिङबाट घटनास्थलमा आइपुगेका छन् । उनीहरुले ट्क्टर धनीसँग घटनास्थलमै कुरा गरेपछि मात्रै शव उठाउने अडान लिएका छन् । ट्याक्टर र चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

खोप्लाङको मसानेठाँटीबाट बिर्दीतर्फ गइरहेको खाली ट्र्याक्टर दुर्घटना भएको हो ।