धारिलो हतियार प्रयोग गरी यु’वकको ह’त्या

No Images Found

बुटवल : रुपन्देहीमा धारिलो हतियार प्रयोग गरी एक युवाको हत्या गरिएको छ। मनौरा निवासी अन्दाजी ३५ वर्षीय महेन्द्र यादवको धारिलो हतियारबाट प्रहार गरी हत्या गरिएको अवस्थामा आइतबार शव फेला परेको प्रहरीले जनाएको छ ।

घर भन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार भइ मृत अवस्थामा यादव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताएका छन्।

मृतकको शव भैरहवा स्थित भीम अस्पताल पोष्टमार्टम गराई घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको थापाले जानकारी दिएका छन्।