सोह्रखुट्टेका डिएसपी खड्का पुनः परिसर तानिए

No Images Found

काठमाडौं : डिएसपी दिपक खड्कालाई फेरी महानगरीय प्रहरी परिसर काठमाडौंमा नै तानिएको छ । आर्थिक विवादमा मुछिएपछि डिएसपी खड्कालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट हटाएको बताइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उनलाई केही महिना पहिले स्पष्टिकरण सोधेको थियो । ठमेल क्षेत्रमा सञ्चालित रात्रि व्यवसाय ढिलासम्म खोल्न दिएको महानगरीय प्रहरी कार्यालयको अनुगमन टोलीले फेला पारेपछि उनलाई स्पष्टिकरण सोधिएको थियो ।

कमजोरी भेटिएपछि उनलाई फिर्ता बोलाइएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले बताएका छन् । एआईजी पालले भने– ‘डिएसपी खड्कालाई त्यहाँबाट फिर्ता बोलाइएको छ, अहिले त्यहाँ कार्यरत सिनियर इन्स्पेक्टरलाई निमित्तको जिम्मेवारी तोकिएको छ ।’

शुक्रबार महानगरीय प्रहरी कार्यालयले कारवाही स्वरुप उनलाई नसियत दिएको थियो ।