प्रहरीद्वारा ४ लाख बढी मूल्य पर्ने अ’वैध मदिरा ब’रामद

No Images Found

मोरङ: प्रहरीले मोरङमा ४ लाख नब्बे हजार ५ सय मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ ।

मोरङस्थित जहदा गाउँपालिका वडा १ बुद्ध नगरस्थित उत्तर दक्षिण सडक खण्डको खाली जग्गामा को ३२ प ९५२१ नं को होन्डा र को २० प ८७६१७ नम्बरको पल्सर मोटरसाईकलमा लोड गरी बेवारिसे अवस्थामा राखिएको बिभिन्न ब्राण्डका सिल प्याक मदिरा प्रहरीले बरामद गरेको हो ।

हिजो राती साढे ११ बजेको समयमा दिलवाले लेखिएको ३०० मिली ग्रामको ३०९ काटुन, उमंग लेखिएको ३०० मिली ग्रामको २७७ काटुन र विभिन्न ब्रान्डको खुल्ला मदिरा १ हजार ९०० बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईले बताएका छन् ।