लागूऔषध गाँ’जा सहित एक युवक प’क्राउ

No Images Found

काठमाडौं : प्रहरीले धनुषामा अवैध लागूऔषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ ।

धनुषास्थित बिदेह नगरपालिका–६ तिनकोरिया बजारबाट १५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट र २० ग्राम अवैध लागूऔषध गाँजा सहित सवैला नगरपालिका–१२ सतिखर बस्ने २२ वर्षीय मो.इरफान शेखलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी गिद्दाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।