सिरहामा आगलागी हुदाँ छ लाख ब’राबरको क्ष’ति

No Images Found

काठमाडौं : सिरहाको लहान नगरपालिका–१७ गोविन्दपुरमा आगलागी हुदाँ ठूलो क्षति भएको छ ।

स्थानीय पुष्पादेवी रामको घरमा हिजो साँझ आगलागीबाट रामको दुई वटा घर जलेर नष्ट हुँदा करिब डेढ लाख नगदसहित करिब छ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी श्रीमानले विदेशबाट साहुको ऋण तिर्न पठाएको नगद रु एक लाख, एक थान ल्यापटप, एसीडी, तीनवटा खसी बाख्रा र घरभित्र रहेको सम्पूर्ण खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको पीडितले बताएका छन् ।

आगलागीको कारण पत्ता नलागे पनि विद्युत चुहिएर भएको हुनसक्ने इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा. तपन दाहालले जानकारी दिएकाछन् ।