क-कसले गरे मुख्यमन्त्री भट्टविरुद्ध मतदान ? ‘नामावलीसहित’

No Images Found

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका सभामुखसहित २५ प्रदेश सभा सांसदमध्ये ७ जनाले मुख्यमन्त्री त्रीलोचन भट्टले लिएको विश्वासको मत विरुद्ध मतदान गरेका छन् । बाँकी १७ प्रदेश सभा सांसदले भोट क्रस गरेर भट्टलाई विश्वासको मत लिन सफल बनाएका छन्।

भट्टको पक्षमा मतदान गर्नेमा एमालेका माधवकुमार नेपाल पक्षका प्रदेश सभा सांसद हुन् । बाँकी ७ जना एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर प्रदेश सभा सांसद हुन् ।

आजको सुदूरपश्चिम प्रदेश सभाको मतदानको नतिजाले उक्त प्रदेशमा ओली पक्ष कमजोर देखिएको छ । नेपाल समूहको त्यहाँको संसदीय दलमा दुई तिहाई देखिएको छ ।

त्रीलोचन भट्टका विरुद्ध मतदान गर्ने एमाले प्रदेश सभा सांसदहरु:
रतन थापा
नेपालु चौधरी
लीलाधर भट्ट
पठानसिंह बोहरा
माया तामाङ
बलदेव रेग्मी
ग्याल्बोसिंह बोहरा