बैंक एटीएम तोडफोड गरिरहेको अ’वस्थामा उदयपुरबाट ए’कजना प’क्राउ

No Images Found

काठमाडौं : प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ ।

भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका त्रियुगा नगरपालिका–३ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त एटीएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो ।

तोडफोडमा संलग्न फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।