कैलालीमा आफ्नै सा’थीको हत्या, आ’रोपित प’क्राउ

No Images Found

काठमाडौं : प्रहरीले कैलालीमा आफ्नै साथीको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

लम्कीचुहा नगरपालिका–२, मोतीपुर डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढी घर ठेगाना बताउने ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

टाउकोको पछाडि घाउचोट सहित विशाल सोमबार दिउँसो मृत अवस्थामा भेटिएका थिए । घटनाको अनुसन्धानको क्रममा घटनापछि फरार भएका सोमबहादुरलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको विरेन्द्र सामुदायिक वनमा लुकेको अवस्थामा फेला पारेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी वादविाद हुँदा सोमबहादुरले फलामको कर्नीले टाउँकोमा हिर्काउँदा विशालको मृत्यु भएको खुल्न आएको छ ।