जं’गली च्याउ खाँदा इ’लाममा दुईको मृ’त्यु

No Images Found

काठमाडौं : इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीमा विषालु च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार मृत्यु भएको हो।

दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो। भने जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो।

वीरमान र उनकी पत्नी विष्णुकुमारी पनि बिरामी छन्। उनीहरू बिएण्डसी हस्पिटलमा उपचारपछि उनीहरु घर फर्केका छन्।