बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण सुधार देखिएपछि डि’स्चार्ज

No Images Found

काठमाडौं : बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ बुधबार विहान डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि गंगालाल अस्पताल भर्ना भएका उनी स्वास्थ्यमा सुधार देखिएपछि डिस्चार्ज भएका हुन् ।

छोरा यमनका अनुसार चिकित्सकले एक महिना आराम गर्न मदनकृष्णलाई सल्लाह दिएका छन् । ‘आराम गर्न सल्लाह दिनुभएको छ र पुनः रेगुलर फलोअपका लागि अस्पताल बोलाउनुभएको छ’ यमनले बताए ।

एन्जियोप्लास्टी विधिमार्फत मदनकृष्णको मुटुमा रक्तप्रवाह सजिलो बनाउन दुईवटा स्ट्यान्ड राखिएको छ । गतवर्ष पनि एन्ज्यिोप्लास्टी गरिएका मदनकृष्णलाई दोस्रोपटक गरिएको हो । सो विधिमार्फत नसामा रगत संचार गर्न सजिलो हुने चिकित्सको भनाइ छ ।

कोरोनाभाइरस संक्रमणपछि उनी यसअघि दुईपटक ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए ।