बस-माथि भवन ढल्दा द’क्षिण कोरियामा ९ जनाको मृ’त्यु

No Images Found

एजेन्सी : बुधबार दिउँसो दक्षिण कोरियामा बसमाथि भवन ढल्दा कम्तिमा ९ जनाको मृत्यु भएको छ । ग्वाङजुमा उक्त दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

समाचार अनुसार भत्काउने प्रक्रियामा रहेको पाँच तले भवन सडकमा रोकिरहेको बसमाथि एक्कासि ढलेको र ९ जनाको मृत्यु भएको हो । उक्त बसमा १७ जना यात्रु सवार रहेका थिए ।

भवन ढल्नुको कारणबारे केही खुलाइएको छैन । प्रहरीले हाल उक्त घटनाको छानबिन गरिरहेको छ ।

कोरियामा सन् १९९५ मा डिपार्टमेन्ट स्टोर भत्किँदा ५ सयभन्दा बढीको ज्यान गएको थियो । जुन शान्तिकालीन समयको सबैभन्दा भयानक दुर्घटना मानिन्छ । त्यस्तै उक्त दुर्घटना हुनु एक वर्षअघि पुल भत्किँदा ४९ जनाले ज्यान गुमाएका थिए ।