म्यानमारमा सैनिक जहाज दु’र्घटना हुदाँ १२ जनाको मृ’त्यु

No Images Found

एजेन्सी : म्यानमारमा एक सैनिक जहाज दुर्घटना भएको छ। बिहीबार बिहान म्यानमारको दोस्रो ठूलो सहर मन्डालयनजिकै सैनिक जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

जहाजमा को-को थिए भन्ने खुलिसकेको छैन। १६ सिटे उक्त जहाजमा ६ जना सैनिक अधिकारी पनि सवार थिए।

म्यानमारको सेनाले गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर कूमार्फत् सत्ता हत्याएको थियो। सैनिक कूको विरोधमा भएका प्रदर्शनका क्रममा अहिलेसम्म सयौं नागरिकको मृत्यु भएको छ।