ल’गातार दोस्रो दि’न पनि ने-प्सेमा गिरावट

No Images Found

काठमाडौं : बिहीबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा झरेको हो ।

गत मंगलबार एकै दिन ५३ अंकले वृद्धि भएको बजारमा गत बुधबार १३.५६ अंकको गिरावट आएको थियो । यो दोस्रो दिनको लगातारको गिरावट हो ।

आज नेप्सेमा सामान्य गिरावट आएपनि यता क वर्गका सेन्सेटिभ इन्डेक्स भने बढेको छ । नेप्सेका अनुसार यस दिन सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ५२७.८७ विन्दुमा पुगेको छ ।

आज कुल २२० कम्पनीका ३ करोड ६ लाख ६ हजार २६४४ कित्ता सेयर १ लाख ५५ हजार ६९० पटक किनबेच हुँदा कुल १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँको कारोबार भएको छ ।