ज-नमोर्चाका सां’सद थापा पुनः पद’मुक्त

No Images Found

काठमाडौं : राष्ट्रिय जनमोर्चाले बिहीबार हृवीप उल्लंघन गरेको आरोपमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गरेको छ ।

विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा तटस्थ बसे ।

जनमोर्चाले कारबाहीको जानकारी प्रदेशसभालाई गराएको छ । र, प्रदेशसभाको आजै शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ ।