दिग्गज अभि’नेता दिलीपकुमार अस्पतालबाट डि’स्चार्ज

No Images Found

एजेन्सी : बलिउडका अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज भएका छन् । फैजल फारुकीले सामाजिक सञ्जालबाट दिलीपकुमार अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्– ‘तपाईंहरुको प्रेम, स्नेह र प्रार्थनाले दिलीप साहब अस्पतालबाट घर फर्किएका छन् ।’

दिलीप कुमारलाई गत आइतबार स्वासप्रस्वासमा समस्या देखिए पछि हिन्दुजा अस्पताल भर्ना गरिएको थियो । गत महिना पनि दिलीपकुमार अस्पताल भर्ना भएका थिए । सो समय पनि उनलाई सास फेर्न गाह्रो भएको बताइएको थियो ।

उनले ‘ज्वार भाटा’, ‘अन्दाज’, ‘आन’, ‘देवदास’, ‘आजाद’, ‘मुगल ए आजाद’, ‘गंगा जमुना’, ‘क्रान्ति’, ‘कर्मा’ र ‘सौदागर’ जस्ता ५० भन्दा बढी बलिउड फिल्ममा काम गरेका छन् ।

उत्कृष्ट अभिनयका कारण उनलाई फिल्म फेयर अवार्डमा ८ पटक बेष्ट अभिनेताको सम्मान मिलेको छ । हिन्दी फिल्मको सबैभन्दा ठुलो सम्मान ‘दादा साहेब फाल्के अवार्ड’ समेत पाएका उनलाई भारत सरकारले २०१५ मा पद्य भुषण पनि दिइएको थियो ।

अभिनेता दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो ।