न’र्भिकको हस्पिटलको ओपिडी सेवा आ’इतबारदेखि स-ञ्चालन

No Images Found

काठमाडौं : कोभिड-१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बन्द गरिएको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको ओपिडी सेवा आगामी आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ ।

कोभिड सङ्क्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने कोभिड बाहेकका बिरामीको चाप ह्वात्तै बढेको छ । कोभिडका बिरामीको सङ्ख्या कम भएको र कोभिड बाहेकका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल सञ्चालकहरुको छाता सङ्गठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) को निर्णयअनुसार नर्भिकले ओपिडी सेवा पुनः सञ्चालन गर्ने भएको हो ।

अस्पतालमा आउने बिरामीको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपिडी सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताएका छन् ।