प्रहरी भ्यानको ठक्करबाट घटनास्थलमै मोटरसाइकल चालकको मृ’त्यु

No Images Found

दाङ : बिहीबार राति करिब बाह्र बजे प्रहरीको भ्यानले ठक्कर दिदाँ मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका २ लालमटियामा लु.अ.अ.च ५३३४ नम्बरको प्रहरीको नयाँ भ्यानले ठक्कर दिँदा विपरित दिशातिर गइरहेको भे १ प ८४२२ नम्बरको अन्दाजी २५ बर्षिय माृटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रशाद रिजालका अनुसार प्रहरीको उक्त गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका मृतक पुरुष अन्दाजी २५ बर्ष जतिको रहेको र पहिचान भइ नसकेको बताएको छ । मोटरसाईकल प्रहरीको गाडीको ढोका पछाडि ठोक्किँदा उछिट्टिएर बिद्युत पोलमा मृतकको टाउको ठोक्किएको मृत्यु भएको बताइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।