स’रकारले ग’र्यो पशुपंक्षीबाट मा’निसमा सर्ने १० रोगको प्रा-थमिकिकरण

No Images Found

काठमाडौं : सरकारले पशुपंक्षीबाट मानिसमा सर्ने रोगहरूलाई प्राथमिकिकरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकताका आधारमा जुनोटिक सूचीमा राखेको हो ।

शुक्रबार एक सूचना जारी गर्दै प्रथम जुनेटिक रोगहरुको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठिले १० वटा रोगलाई जुनोटिक रोगमा समावेश गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले उल्लेख गरेका छन् ।

सिजनल इन्फ्लुएन्जा, रेबिज, कोरोनाभाइरस, ब्रुसेलोसिस,सालमोनेलोसिस÷लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिसरहाइडाटिडोसिस र टोक्जोप्लास्मोसिस रोगहरुलाई जुनोटिक रोगको प्राथमिकतामा राखिएको छ ।

सरकारले यस अघिपनि ६ वटा जुनोटिक रोग प्राथमिकिकरण गरेको छ । वर्षेनी जुनोटीक रोगका कारण विश्वमा १ करोड मानिस बिरामी पर्छन भने १० लाखको मृत्यु हुने गरेको छ ।