५२२५ जना सं-क्रमणमुक्त, थप ३७५० जनामा सं’क्रमण पुष्टिः ६७ को मृ-त्यु

No Images Found

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३७५० जनामा को-रोना भाइ-रस सं’क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढे सँगै सक्रिय संक्रमितको संख्या पनि घट्दै ७५ हजार २७५ पुगेको छ । यसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६७ जनाको सं-क्रमणबाट मृत्यु भएको छ । अहिले सम्म देशभर कुल ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । हाल सम्म नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।