क-टुवा पे’स्तोलसहित सिरहाबाट एक व्यक्ति प’क्राउ

No Images Found

जनकपुरधाम : प्रहरीले सिरहामा कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुखीपुर नगरपालिका ७ बलही निवासी ४७ बर्षीय गणेश कुमार सिंह रहेका छन् । आफ्नो घर नजिकै लुकाएको एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित सिंहलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले सिंहलार्य हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताएका छन् ।