माछा मार्न गएको अवश्थामा बाढीले बगाउँदा महिलाको मृ-त्यु

No Images Found

काठमाडौं : सुर्खेतमा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

गुर्भाकोट नगरपालिका(५ बस्ने ३४ वर्षीया मिना आलेको कुर्मी खोलामा आएको बाढीले बगाउँदा शनिवार दिउँसो उनको मृत्यु भएको हो ।

उनका श्रीमान टेक बहादुर आलेसँग माछा मार्न गएको समयमा खोलामा बाढी आई मिनालाई बगाएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहेलकुना सुर्खेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ३ किलोमिटर तल खोलाको किनारमा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।